रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता

रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता

केन्द्रबिन्दु
0
Shares

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने युवराज पौडेलको माग रहेको छ ।

लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका हुन् । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको   रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।

Logo