कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन् ।
रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै मन्त्री भुसालले तर कहिले आयात हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको प्रष्टयाएका हुन् । अन्य मुलुकको यातायात व्यवस्था कतिको सहयोगी हुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्ने भएकाले सो मलको आयात यति नै हुन्छ भनेर भन्न सक्ने अवस्था सरकार नरहेको उनको भनाई थियो ।
मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनेक्रममा मन्त्री भुसालले यस वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिव ७५ प्रतिशत सम्झौंता भईसकेपनि त्यसलाई ल्याउने कुराको टुंगो नभएको पनि सदनलाई जानकारी गराए ।
‘यो वर्ष कति चाहिएला भन्ने अनुमानको मलको करिवकरिव ७५ प्रतिशत भन्दा बढि हिस्साको चाँही टेन्डर भईसकेको छ । सम्झौंताहरु भईसकेको छ । र, केही भाग आउने क्रममा छ । र, केही चाँही छिट्टै आउन सक्ला भन्ने आशा गरिएको छ । खास गरिकन यो चाँही हाम्रो हातमा मात्रै छैन ।’ उनले भने, ‘त्यसकारणले सक्ला भन्ने शब्द मैले प्रयोग गरेको हुँ । हामीले विदेशबाट ल्याउँछौं । र, विदेशको यातायात व्यवस्थाले कस्तो काम गर्छ ? र, त्यहाँको व्यवस्थापन हाम्रा लागि कति सहयोगी हुन्छ ? भन्ने कुरामा पनि निर्भर गर्छ । त्यसले गर्दाेखेरी ठयाक्कै हुन्छ नै भन्न नसकिने तर होलाकि भनेर आशा गर्न सकिने अवस्थामा रहेको छ ।
उनले रासायनिक मलको आवश्यक्ता व्यवस्था मिलाउन र कृषकलाई ऋण र अनुदान उपलब्ध गराउने कार्यमा दूरुपयोग हुन नदिने विषयमा लिखित सुझाव दिन पनि सांसदहरुलाई आग्रह गरे ।
मन्त्री भुसालले सरकारले किसानहरुको समस्या समाधानका निम्ति सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता पनि पटकपटक दोहो-याए ।





























प्रतिक्रिया