शिक्षकहरुलाई राजनीति गर्नबाट नराेके देश रुपान्तरण सम्भव छैन -रविन्द्र मिश्र

शिक्षकहरुलाई राजनीति गर्नबाट नराेके देश रुपान्तरण सम्भव छैन -रविन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरणको सम्भव नरहेको दाबी गरेका छन् । 

मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् । उनले सरकारी तलव खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरु नेपालबाहेक कुनैपनि देशमा नरहेको बताए । सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने उनले स्पष्ट पारे । 

वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताए । उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरुसँग आग्रह गरे । शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको उनले बताए ।  

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताए । 

Logo