समाजलाई सभ्य बनाउन खेलाडी अनुशासित हुन आवश्यक -प्रकाशमान सिंह

समाजलाई सभ्य बनाउन खेलाडी अनुशासित हुन आवश्यक -प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यक रहेको बताएका छन् । 

मंगलवारबाट काठमाडौंमा शुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले जुनसुकै विधाका खेलाडीहरु पनि अनुशासित भएर खेलमा प्रश्तुत हुँदा उनीहरुका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्ने बताए । 

उनले खेलाडीहरुबाट अनुशासित नागरिक उत्पादन गर्न सकिने बताए । उनले खेलले स्वस्थ बनाउने मात्रै नभइ समाज सभ्य राख्न महत्वपूर्ण भुमिका खेल्ने बताए । 

नेता सिंहले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलाडीहरु उत्पादन स्थल भएको र यस प्रतियोगिता खेलाडीहरुका लागि पनि राष्ट्रिय स्तरमा छनोट हुने माध्यम बन्ने बताए । 

Skip This
Skip This
Logo