नेपाल अल्पविकसित मुलुक रहनुकाे कारण नै शिक्षालाई प्राथमिकता नदिनु होः पूर्वसभामुख ढुंगाना

नेपाल अल्पविकसित मुलुक रहनुकाे कारण नै शिक्षालाई प्राथमिकता नदिनु होः पूर्वसभामुख ढुंगाना

केन्द्रबिन्दु
0
Shares

पूर्वसभामुख दमननाथ ढंगानाले नेपाल अल्पविकसित मुलुक बनिरहनुको कारण शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु रहेको बताएका छन् । 

मंगलवार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै पूर्वसभामुख ढंगानाले यस्तो बताएका हुन् । उनले सार्वजनिक विद्यालयमा नतिजा राम्रो नहुनु र निजी विद्यालयमा मात्रै विद्यार्थीको आकर्षण बढ्नु भनेको सरकारले सामुदायिक विद्यालयहरुलाई हेर्ने नजरमा विकास हुन नसक्नु रहेको बताए । 

उनले अहिले पनि शिक्षा क्षेत्रमा सरकारको आवश्यक ध्यान जान नसकेको बताए । उनले देशको शिक्षा क्षेत्रलाई उठाउन नसके देश उठाउन नसक्ने बताए । 

पूर्वसभामुख ढुंगानाले देश विकास भनेकै समाज रुपान्तरण रहेको बताए । 

Skip This
Skip This
Logo