बालुवाटारमा मन्त्रिपरिषद्को पूर्णता र न्यूनतम कार्यक्रमबारे छलफल

बालुवाटारमा मन्त्रिपरिषद्को पूर्णता र न्यूनतम कार्यक्रमबारे छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यूनतम साझा कार्यक्रम र मन्त्रिपरिषद्को पूर्णताबारे छलफल गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त छलफल गरिएको हो।

नेपाली काँग्रेसले चार मन्त्रीको नाम सिफारिस गर्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन्। यहीबीच जनमत पार्टी सरकारबाट बाहिरिएको छ। उक्त पार्टीको भागमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयसमेत खाली छ। एकीकृत समाजवादीले उक्त मन्त्रालयमा दाबी गरिरहेको छ। जसपाको भागमा परेको एक मन्त्रालयमासमेत मन्त्री सिफारिस गरिएको छैन्।

छलफलमा माओवादी केन्द्रका नेताहरुका साथै नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका नेताहरु उपस्थित भएका थिए। 

Logo