काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राज्य जनतामाथि निर्मम बनेको भन्दै आलोचना गरेका छन् । आइतबार प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत त्यस्तो आलोचना गरेका हुन् । साथै, उनले न्यायालयका निर्णयहरूमाथि पनि प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ ? बास र छाक टार्ने समस्याबाट पीडित गरीब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? ।’
प्रवक्ता श्रेष्ठले अन्याय र अत्याचारको क्रम नरोकिए त्यसको नतिजा सधैँ सकारात्मक मात्र नहुने चेतावनी समेत दिएका छन् । उनले थपेका छन्–‘कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ ? हद भयो ,असह्य भयो । न्याय स्थापित होस् र दोषी माथि कारवाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्गहरुको लोकतन्त्र अनुरुप पुर्नसंरचना गरी लोकतन्त्रलाई व्यवहारतः अभ्यास गरौं र विकास गरौं । अन्यथा निरासा, आक्रोस, अनिश्चय र तरलता को परिणाम के होला ? समयमै सबैले सोचौं । परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’






























प्रतिक्रिया