उपनिर्वाचनमा सत्ता गठबन्धनको जित सुनिश्चित छ- माधव नेपाल

उपनिर्वाचनमा सत्ता गठबन्धनको जित सुनिश्चित छ- माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

बारा पुगेर जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन्। उनले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गरेका छन् । 

बाराको कलैया स्थित एक होटेलमा भएको भेटमा चुनावी सहकार्यका विषयमा पनि छलफल भएको नेता नेपालले बताए ।  सो अवसरमा अध्यक्ष नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गरेका छन् । 

Logo