सरकारले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पूरा गर्ने

सरकारले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पूरा गर्ने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धन सरकारले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पूरा गर्ने घोषणा गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक विशेष समारोहमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री  रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै  शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने घोषणा गरेकी हुन् ।  

‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्र पूरा गर्ने । द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको व्यवस्था गर्ने ।’ कार्यक्रममा उल्लेख छ । 

साथै सरकारले संसदमा विचाराधिन वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथासिघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत–साधन र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ  । 

Logo