नागरिकता विधेयक संसद्‌मा ल्याउन ढिलाइ गरेको भन्दै सांसदको आपत्ति

नागरिकता विधेयक संसद्‌मा ल्याउन ढिलाइ गरेको भन्दै सांसदको आपत्ति

केन्द्रबिन्दु
0
Shares

नागरिकता विधेयक संसद्‌मा ल्याउन ढिलाइ गरेको भन्दै सत्तारूढ र प्रतिपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन् । अघिल्लो प्रतिनिधिसभाले पारित गरेपनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेपछि नागरिकता विधेयक कानुन बन्न सकेको थिएन ।

प्रधान्मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  सरकारको नेतृत्व गरेलगत्तै सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने दाबी गरेका थिए ।

पहिलो कार्यक्रम कार्यान्वयन नहुँदै सरकारले बिहीबार फेरि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । त्यसमा पनि ६ महिनाभित्र विधेयक पारित गर्ने दाबी दोहोर्‍याइएको छ ।

Logo