पाटन क्याम्पसमा स्ववियु निर्वाचन आज

पाटन क्याम्पसमा स्ववियु निर्वाचन आज

केन्द्रबिन्दु
0
Shares

पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।  चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् । 

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।  उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो । विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन ।

बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ । 

Logo