जव उपप्रधानमन्त्री खड्काले गृह जिल्लाकाे माटोलाई ढोगे

जव उपप्रधानमन्त्री खड्काले गृह जिल्लाकाे माटोलाई ढोगे

केन्द्रबिन्दु
0
Shares

उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगेका छन् । गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि  खड्का शनिबार सुर्खेत पुगेका हुन् । 

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो धुइँचो नै आएको थियो । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि काम आफूबाट नहुने बताएका छन् । ‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने,  ‘त्यहीँ ताकत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको खड्काले प्रष्ट पारे।
 

Skip This
Skip This
Logo