नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अहिलेको नयाँ वर्ष चुनौतीपूर्ण वर्ष रहेने बताएका छन् ।
प्रेस सेन्टर नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको भित्तेपात्रो विमोचन कार्यक्रममा शर्माले विकास र समृद्धिको चाहना पूरा नभएकै कारण नेताहरूप्रति प्रश्नहरू आइरहेको बताउँदै नयाँ वर्ष २०८० लाई चुनौती र अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट दल र नेताहरूलाई नरहेको उनको भनाइ थियो । उनले सबै राजनीतिक दलहरुबीच मुद्धाहरुमा सहमति गरेर संविधानको मर्म र भावना अनुसार अगाडि बढनुपर्नेमा जोड दिए ।
संविधान रक्षाकै लागि वर्तमान गठबन्धन बनेको बताउँदै सरकारले नागरिकको अपेक्षा अनुसार संविधान कार्यान्वयन गर्नुपर्ने बताए । शर्माले वर्तमान सरकार सामु संविधान कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्व रहेको पनि बताए ।





























प्रतिक्रिया