नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ ।
कर्णाली सरकारमा सहभागी एमालेका तीन मन्त्रीले आइतबार मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह रहेका छन् ।
केन्द्रमा गठबन्धन फेरिए पनि यसअघि मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिएको थियो ।
प्रतिक्रिया