राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।
समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सभापति लामिछानेले यस्तो बताएका हुन् । बारा -२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले छानबिन गरेर कारबाही गर्न नसके आफूलाई यही गढीमाईमा बलि दिनसमेत चुनौती दिएका हुन् ।
७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउन भनेर पार्टीले अल्टिमेटम दिएको जानकारी दिँदै सभापति लामिछानेले भने ‘अडियो सार्वजनिक हुनेवित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु। सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’





























प्रतिक्रिया