तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन- नारायणकाजी श्रेष्ठ

तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन- नारायणकाजी श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तरकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार भएको बताएका छन् ।

आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको उनको भनाइ छ । प्रेस सेन्टर चितवनले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नहुने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।

‘मन्त्रिपरिषद्ले फिर्ता गरेको छैन । मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको छ । यस्तो महत्वपूर्ण विषय मन्त्रीहरुले एकछिन आएर ल ठिक छ वा बेठिक छ भन्न मिल्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सम्बन्धित समितिमा पठाउनु आवश्यक थियो ।’यसअघि समितिहरु गठन नहुँदा निर्णय हुने स्थिति नभएको भन्दै उनले अहिले समिति गठन भइसकेकाले यो विषय छिटो टुंगो लाग्ने बताए ।

Logo