राष्ट्रियसभाका सांसद महेशकुमार महराले मृत्यको दोसाधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रको सुरक्षा गरिरहेका विष्ट हाल काठमाडौँमा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भईरहेको उल्लेख गर्दै उनको सम्पूर्ण उपचार खर्च व्यहोर्न पनि सरकारसँग माग गरे ।
खर्चको अभावमा उनको उपचारमा कठिनाई भईरहेको उल्लेख गर्दै सांसद महराले उपचारको जिम्मेवारी तत्काल लिन सरकार र नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण समेत गरे ।
टाउँकोमा नसाको समस्याबाट पीडित प्रहरी जवान विष्टको हाल उपचार खर्चको अभावमा चन्दा संकलन कार्य भईरहेको छ । यस्तो अवस्थामा पनि सरकारले उनको उपचारमा चासो नदिएकोमा सांसद महराले सरकारप्रति आक्रोश व्यक्त गरे ।
सांसद महराले ठूलो नेताका लागि करोडौं उपचार खर्च व्यहोर्ने सरकारले प्रहरी जवान विष्टको पनि उपचार खर्च व्यहोर्नुपर्ने बताए ।































प्रतिक्रिया