राष्ट्रिय सभाबाट ‘अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित भएको छ ।
सोमबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले पेश गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले सो विधेयक प्रतिनिधिसभामा पनि छलफल गरी समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सरकारले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कामको दायरालाई समेटने गरी सो विधेयक संशोधन गर्नुपरेको पनि स्पष्ट पारे ।
बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/७९ र अख्तियार दूरपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ । दुवै प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कृषिमन्त्री भुसालले पेश गरेका हुन् ।





























प्रतिक्रिया