रवि लामिछानेप्रति चित्रबहादुर केसीकाे कटाक्षः विदेशीहरु नेपालमा पार्टी नै खोलेर बस्न थाले

रवि लामिछानेप्रति चित्रबहादुर केसीकाे कटाक्षः विदेशीहरु नेपालमा पार्टी नै खोलेर बस्न थाले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएका छन्  ।

बुधवार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताएका हुन् । उनले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए । 

उनले भने, ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिलेपनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् । ५०/६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन् । बद्नाम हुनुको पछाडि जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरु नाङ्गिएका छन् । त्यसको बदला नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले पनि गरेको छ । र निर्वाचन आयोगले पनि गरेको छ । त्यो राम्रो कुरा होइन । नेपालको ऐन, कानूनलाई ठाडै उल्लंघन भएको छ ।’
 
अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे । उनले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए । 
 
साथै उनले आगामी दिनमा काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताए । 

Skip This
Skip This
Logo