तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा निर्णायक शक्ति मानिएको गोविन्दराज जोशी समूहले कसैलाई पनि सहयोग नगर्ने भएको छ ।
नेपाली काँग्रेससंग वार्ता निष्कर्षमा पुग्न नसकेपछि जोशी समूहले काँग्रेसलाई पनि सहयोग नगर्ने र कसैको पक्षमा नखुल्ने जनाएको हाे । जोशी समूहले एक विज्ञप्ति जारी गर्दै तनहुँ १ को उपनिर्वाचनमा कसैको पक्षमा नखुल्ने र आफ्ना पक्षधर मतदातालाई स्वतन्त्र भएर मत दिन आग्रह गरेको छ ।
काँंग्रेसका पूर्व सहमहामन्त्रीसमेत रहेका जोशीले मुलुकमा देखा परेको वर्तमान चुनौतीको सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने हैसियत भएको योग्य उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् ।
उनले भने ‘नेपाली कांँग्रेसले वार्ता गरेर आफूलाई झुक्याउने काम गरेकोछ, कांँग्रेससंगको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ । कांँग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट आफु लगायतका नेता कार्यकतामाथिको गरिएको कारवाही फुकुवाको निर्णय जालझेलपूर्ण, झुक्याउने र आफूहरूको अपमान गर्ने खालको भएको प्रष्ट छ ।’































प्रतिक्रिया