देश घिस्रेर अगाडि बढिरहेको छ, यसमा पूर्णविराम लाग्नुपर्छ -रवीन्द्र मिश्र

देश घिस्रेर अगाडि बढिरहेको छ, यसमा पूर्णविराम लाग्नुपर्छ -रवीन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले देश घिस्रेर अगाडि बढिरहेको टिप्पणी गरेका छन् । 

शुक्रबार नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा काठमाडौंमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा नेता मिश्रले सबैले आफ्नो कमी कमजोरीहरुलाई स्वीकार गरे मात्र देशलाई अग्रगामी बनाउन सकिने बताएका हुन् । उनले कसैले कसैलाई नटेर्ने वातावरणमा पूर्णविराम लागोस् भन्ने अपेक्षा आफूले लिएको पनि बताए  । 

उनले भने, ‘आज सम्म यो देश घस्रेर अगाडि बढिरहेको छ । यसमा सुधार हुने कुनै पन सम्भवना देखिंदैन । जुन किसिमले यहाँको सम्पूर्ण संस्थाहरु क्षयकृत भए समाजको चरित्र क्षयकिृत भयो । कसैले कसैलाई नटेर्ने वातावरण निर्माण भयो । यो स्थितिमा पूर्ण विराम लागोस । यो वर्ष राष्ट्रिय एकता र मेलमिलापको वर्ष वनोस् । सकैले आफ्नो कमी कमजोरीहरु अनुभूत गरेर एक अर्कोलाई क्षमा गरेर अगााडि बढ्नेमा देशलाई अग्रगमन तर्फ उन्मुख गराउन सकिन्छ ।’

उनले यस बर्ष राष्ट्रिय एकता र मेलमिलापको वर्ष बन्ने र देशको समृद्धिको लागि एक अर्कालाई क्षमा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । दीर्घकालीन हित र सुशासन विना देशको विकास हुन नसक्ने पनि उनको भनाइ छ । 

Logo