उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले देशको राजनीति फोहोरी भएकाले त्यसलाई सफा गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा श्रद्धेय धम्मवती गुरुमां विशेष सामूहिक धम्मपूजा आयोजक समितिद्धरा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक व्यवस्थाको परिवर्तनलाई सदुपयोग गर्न र सही दिशातिर लैजान त्यसको मर्म बुझ्ने चरित्रवान् व्यक्तित्वहरु नेतृत्वमा आउनुपर्ने बताएका हुन् ।
उनले भने,‘मैले राजनीतिलाई सफा गनुपर्छ र देश बनाउनुपर्छ भन्दै आएको छु । राजनीति प्रणाली र व्यवस्थामा परिवर्तन हुनु ठूलो कुरा त हो । तर त्यो नै पर्याप्त होईन् । राजनीतिक र व्यवस्थाको परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातिर लाने हो भने राजनीतिक व्यवस्था र परिवर्तंनको मर्म बुझ्ने असल चरित्रवान् व्यक्तित्वहरूले नेतृत्व गर्नुपर्छ । त्यसको लागि आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ ।’
मन्त्री श्रेष्ठले राजनीति फोहोरीहरूलाई छोड्ने र देश चाहिँ सफा होस् भन्ने चाहना राख्ने प्रवृत्ति रहेको टिप्पणी गरे । साथै सन्न्यासी पनि राजनीतिमा आउन आवश्यक रहेको उनले बताए ।





























प्रतिक्रिया