गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने

गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । 

तनहुँ-१ मा बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ जान लागेका   हुन् । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम  रहेकाे छ । 

Logo