प्रधानमन्त्री प्रचण्डद्वारा काठमाडौं–तराई द्रूतमार्गको अवलोकन

प्रधानमन्त्री प्रचण्डद्वारा काठमाडौं–तराई द्रूतमार्गको अवलोकन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौं–तराई/मधेश द्रूतमार्गको निरीक्षण अवलोकन गरेका छन्  । 

प्रधानमन्त्री प्रचण्डले द्रूतमार्ग निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर अवलोकन गरेका हुन् । द्रूतमार्ग निर्माणको जिम्मा २०७४ सालमा प्रचण्ड नेतृत्वकै तत्कालीन सरकारले नेपाली सेनालाई दिएको थियो । तर हालसम्म द्रूतमार्गको भौतिक प्रगति २२.४४ प्रतिशत मात्र भएको छ  । यद्धपी २०८१ को मंसिरसम्म आयोजनाको निर्माण सकिने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले जनाएको छ । 

अवलोकनमा प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री, अर्थ मन्त्री प्रकाशशरण महत, नेपाली सेनाका प्रधान सेनापति प्रभूराम शर्मासहित सरकारका मुख्य सचिव र सचिवहरु पनि रहेका थिए । 

Skip This
Skip This
Logo