पुराना संरचनाबारे भारतसंग कुरा उठाउन ढिला नगर्न विनोद चौधरीको आग्रह

पुराना संरचनाबारे भारतसंग कुरा उठाउन ढिला नगर्न विनोद चौधरीको आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्य विनोद चौधरीले नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार समस्यामा परेको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५०औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा पर्ने गरेको बताएका हुन् ।

उनले भने, ‘सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुबानमा परेको छ । अर्वौको नाश हुन्छ ।’ 

भारत र नेपालका ५० वर्ष पुराना जीर्ण संरचनाहरुको पुननिर्माण गर्ने बारेमा पनि सोच्ने बेला भएको सांसद चौधरीको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस ।’ 

सांसद चौधरीले सीमा क्षेत्रको समस्यालाई तत्काल सम्बोधन गर्ने गरे यस्ले दीर्घकालीन समस्या नल्याउने धारण पनि राखे । 

Logo