उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्हाल्दै आएको कानुन मन्त्रालयमा खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूले सम्हाली आउनुभएकोमा प्रधानमन्त्रीको सिफारिसमा उक्त मन्त्रालयको कार्यभार माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।'
न्याय परिषद्लगायतका बैठकमा संघीय कानून तथा न्याय मन्त्री सदस्य रहने भएकाले खड्कालाई जिम्मेवारी दिइएको हो।































प्रतिक्रिया