राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप सुधार

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि पौडेल भारतमा उपचाररत छन् । 

दिल्लीस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यमा थप सुधार आएको विज्ञप्तिमार्फत जनाएको छ ।  पौडेल ४ दिनअघि भारतको नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले भारत लैजान सुझाव दिएपछि उनलाई श्री एयरलाइन्सको जहाजमार्फत दिल्ली लगिएको थियो । 

Skip This
Skip This
Logo