राष्ट्रिय स्वतन्त्र पार्टीले आफूबारे जनमानसमा भ्रम सिर्जना गरिएको भन्दै उजुरी दिएकाे छ। विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएको भन्दै इमेलमार्फत छानबिनका लागि निर्वाचन आयोगमा उजुरी दिएको हाे ।
आयोगलाई पठाइएको इमेलसहित पार्टीको फेसबुक पेजमा लेखिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएको विषयमा निर्वाचन आयोगलाई इमेलमार्फत ध्यानाकर्षण गराउनुका साथै सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरियोस् भनी निवेदन पेस गरेका छौँ" ।
निवेदनमा निर्वाचनमा नकारात्मक असर पार्न त्यस्तो गरिएको र त्यसलाई निगरानी गरि कारवाही गर्न माग गरिएकाे छ ।































प्रतिक्रिया