चितवन २ उपनिर्वाचन: एउटाको नाममा अर्कैले मतदान गरेको आराेप

चितवन २ उपनिर्वाचन: एउटाको नाममा अर्कैले मतदान गरेको आराेप

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर -२ मा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलासा भएको छ । 

लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान भइसकेको पाइएको हो । उनलाई नागरिकता लिएर आउन भनिएको छ ।बालकुमारी माद्यामिक विद्यालय केन्द्रका मतदान अधिकृत मधुराम दवाडीले थप परिचयपत्र ल्याएमा मतदानको व्यवस्था गरिने जानकारी दिए । 

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतदान जारी छ । मुख्य प्रतिस्पर्धामा रास्वपाबाट रवि लामिछानेसहित नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने छन् । 

Logo