तनहुँ-१ मा १३.६ प्रतिशत मत खस्यो

तनहुँ-१ मा १३.६ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

तनहुँ १ मा उपनिर्वाचन अन्तर्गत शान्तिपूर्वक मतदान भइरहेको छ ।  बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेको तनहुँ जिल्ला निर्वाचन  कार्यालयले जनाएकाे छ।  

तनहुँमा १ मा निर्वाचनका लागि १५  केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएकाे छ। तनहुँमा काँग्रेसका तर्फबाट गोविन्द भट्टराई , एमालेका सर्वेन्द्र खनाल, रास्वपाका  डा स्वर्णिम वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा रहेका छन् ।

तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् । 

Logo