गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशले आइतबार मुख्यमन्त्री पाउने भएको छ । 

विश्वासको मत प्राप्त गर्न नसकेकाे निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएपछि संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको हो। प्रदेशमा २७ सांसद सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आज नयाँ सरकार गठन हुने र त्यो गठबन्धनका दलहरूबीचको सहमतिअनुसार हुने बताए। 

केन्द्रमा भएको गठबन्धन अनुसार यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग सरकार गठनका लागि बहुमत छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादीका सभामुखसहित आठ र एकीकृत समाजवादीका एक सांसद छन्। 

माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले गठबन्धन दलबीचको सहमति अनुसार मुख्यमन्त्री नियुक्त हुने जानकारी दिए। उनले कांग्रेस र माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति रहेको र सुरुमा मुख्यमन्त्री को हुने भन्नेबारे आइतबार नै टुंगो लाग्ने बताए। 

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुअघि कांग्रेस र माओवादी दुवै दलका सांसद पार्टीको केन्द्रबाट आउने निर्देशनको पखाईमा छन्।

Logo