चितवन २ मा उपनिर्वाचनः १७ प्रतिशत मत खस्यो

चितवन २ मा उपनिर्वाचनः १७ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन जारी छ । 

शान्तिपूर्ण ढंगले बिहान ७ बजेदेखि भइरहेको मतदानमा हालसम्म १७ प्रतिशत मतदान भएको सहायक मतदान अधिकृत ईश्वरी आचार्यले जानकारी दिए । एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेकाे यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । 

मुख्य प्रतिस्पर्धामा रास्वपाबाट रवि लामिछानेसहित नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने छन् । तर, उम्मेदवार लामिछाने र न्यौपानेले भने सो क्षेत्रमा आफूलाई मतदान गर्न पाउने छैनन् । लामिछानेको मतदाता नामावली काठमाडौंमा रहेको र न्यौपानेको मतदाता नामावली चितवन क्षेत्र नम्बर ३ मा रहेकाले मत हाल्न नपाउने भएका हुन् । 

Skip This
Skip This
Logo