मेयर हर्क साम्पाङले दिए रवि लामिछानेलाई जितको शुभकामना

मेयर हर्क साम्पाङले दिए रवि लामिछानेलाई जितको शुभकामना

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जितको लागि शुभकामना दिएका छन्। 

आज मतदान भइरहेको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट उम्मेदवार छन् । मतदान भइरहँदा साम्पांगले ‘अल द बेस्ट रविजी’ भन्दै शुभकामना दिएका हुन्। नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट सासंद पद गुमाएपछि लामिछाने पुनः चितवन २ बाट चुनाव लडिरहेका छन्। 

४ मंसिरमा सम्पन्न निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

Skip This
Skip This
Logo