उपनिर्वाचन: तनहुँ- १ मा २५ प्रतिशत मत खस्यो

उपनिर्वाचन: तनहुँ- १ मा २५ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार तनहुँ– १ मा अहिलेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

तनहुँ– १ मा एक सय ५२ मतदान केन्द्र रहेको छ भने ६९ वटा मतदानस्थल रहेको छ। तनहूँमा एमालेबाट सर्वेन्द्र खनाल, नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्लेसहित ९ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। तनहुँ– १ मा एक लाख २३ हजार तीन सय पाँच जना मतदाता रहेका छन् ।

Skip This
Skip This
Logo