राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन -२ मा जारी उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आफूमाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेको बताएका छन् ।
आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उम्मेदवार लामिछाने र उनका समर्थकमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत सबै पक्षलाई संयमित रहन आग्रह गर्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘साथीहरू एक माघले जाडो जाँदैन। चितवन बासीले तपाईंहरूलाई हेरिरहेका छन्। ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेका छन् । सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन।’
लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने उनको भनाई थियो । ‘लोकतन्त्रको सुन्दर पक्ष स्वतन्त्र मतदान हो। अन्य राजनीतिक दलले के तयारी गरिरहेका छन् थाहा छैन। लोकतन्त्रको सुन्दरताको पक्षलाई नजरअन्दाज, हुहुज्जत गर्नुभयो भने इतिहासले मूल्यांकन गर्नेछ ।’ उम्मेदवार लामिछानेले भने ।





























प्रतिक्रिया