बारा–२ मा उपेन्द्र यादवले लिए फराकिलो अग्रता, कटाए १२ हजार मत

बारा–२ मा उपेन्द्र यादवले लिए फराकिलो अग्रता, कटाए १२ हजार मत

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । 

पछिल्लो मतपरिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् । उनले १२ हजार १ सय १९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ६९३ मत ल्याएका छन भने एमालेका पुरुषोत्तम पौडेल ४ हजार ३२८ मतसहित तेस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो । 

 

Logo