प्रारम्भिक नतिजा राम्रो छ, तर प्रतिक्रिया दिने बेला भएको छैनः उपेन्द्र यादव

प्रारम्भिक नतिजा राम्रो छ, तर प्रतिक्रिया दिने बेला भएको छैनः उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताएका हुन् । ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ उनले भने, ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसंग प्रतिक्रिया दिनेछु । ’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिदैन’ । यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए । 

मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १५ हजार १८३ मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ९५ मत पाएका छन् । 

Skip This
Skip This
Logo