आज ३ बजे प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचिसहित)

आज ३ बजे प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचिसहित)

केन्द्रबिन्दु
0
Shares

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावको समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका लागि सदनमा प्रस्ताव गर्ने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

 

Logo