उपनिर्वाचन मत परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियोः महामन्त्री शर्मा

उपनिर्वाचन मत परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियोः महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। 

महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्। 

मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्। उपनिर्वाचनमा कांग्रेसले तनहुँ‍-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो। दुबै क्षेत्रमा कांग्रेस पराजित हुनुले पार्टीमा  रूपान्तरणको जरूरी रहेको बताएका हुन्।

Skip This
Skip This
Logo