सरकारले पूर्ण रूपमा पूर्णता पाउन सकेकाे छैन: मन्त्री शर्मा

सरकारले पूर्ण रूपमा पूर्णता पाउन सकेकाे छैन: मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक व्यवस्था माथिको प्रहार हुँदै आइरहेको बताएकी छिन् । 

प्रेस सेन्टर नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुकले प्राप्त गरेको व्यवस्था र उपलब्धि माथि कुनै न कुनै तरिकाले प्रहार हुँदै आइरहेको बताएकी हुन् ।

मन्त्री शर्माले सरकारले पूर्णता पाए पनि अझै पूर्ण रूपमा पूर्णता पाउन नसकेको समेत बताएकी छिन् । सरकारले पूर्णता पाए अझै केही संरचना निर्माणको काम बाँकी रहेकाले सरकारले त्यस तर्फ अग्रसर बन्दै गइरहेको बताएकी छिन ।

जससँगै सरकारले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु-याउन विधेयक तथा कानुन निर्माणको पाटोलाई समेत तीव्रताका साथ लगेको उनको भनाइ थियो । जसका लागि सरकार सदन सञ्चालनको समेत तयारी गरिएको उनको भनाइ थियो । 

Logo