जनताका चासो र अपेक्षा बेलैमा सम्बोधन गरेर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

जनताका चासो र अपेक्षा बेलैमा सम्बोधन गरेर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताका अपेक्षाअनुसार काम हुन नसक्दा असन्तुष्टि बढेको बताएका छन्। उनले जनअपेक्षा सम्बोधन हुने गरी सरकार र पार्टीहरूले पनि काम गर्नुपर्ने बताए।

‘जनताका चासो र अपेक्षा बेलैमा सम्बोधन गरेर जानुपर्छ। जनतामा असन्तुष्टि बढ्दो छ,’ काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको पूर्ण बैठकमा बोल्दै आज सिंहले भने, ‘कमजोरी सच्याएर अघि बढ्नुपर्छ।’

जनता असन्तुष्ट हुँदा उपनिर्वाचनमा काँग्रेसले नजिता हासिल गर्न नसकेको उनको भनाइ थियो। समयको मागअनुसार काँग्रेसको कार्यशैली परिमार्जन हुँदै जानुपर्ने पनि उनले बताए।

Logo