लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

बिहीवार प्रदेश प्रमुख अमिक शेरचनले ५३ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

लिला गिरी नेतृत्वको एमालेकाे सरकारले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले गरेको आह्वानमा सत्तारुढ गठबन्धनको साथमा चौधरीले दाबी पेश गरेका थिए । साेही आधारमा उनी लुम्बिनीकाे तेस्राे मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । 

८७ सदस्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ। लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका, नागरिक उन्मुक्ति र जनमतका ४-४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र एक जना स्वतन्त्र सांसद छन्। 

मुख्यमन्त्री चौधरीको शपथ शुक्रबार बिहान साढे ११ बजेका लागि तोकिएको छ। 

Logo