चीनसँग आर्थिक संलग्नता र सहकार्य गर्न चाहन्छौँ: प्रधानमन्त्री प्रचण्ड

चीनसँग आर्थिक संलग्नता र सहकार्य गर्न चाहन्छौँ: प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले विशेषगरी  जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने  बताए।

Skip This
Skip This
Logo