गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र काँग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । 

बिहीबार काँग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए ।

Logo