नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने सांसद श्रेष्ठकाे प्रस्ताव

नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने सांसद श्रेष्ठकाे प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेकी छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्ने कंक्रिट प्रस्ताव भन्दै नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने बताएकी हुन् । 

यसले नेपालको विदेश नीतिमा दलीय एकमत रहेको मित्रराष्ट्रहरुले पनि अनुभूति गर्ने भन्दै उनले भ्रमणपछि भ्रमणमा के-के भए भन्ने विषय पनि सदनलाई जानकारी गराउनुपर्ने बताइन् । 

Skip This
Skip This
Logo