राष्ट्रपतिको उपचार खर्च सदनलाई जानकारी गराउन एमालेको माग

राष्ट्रपतिको उपचार खर्च सदनलाई जानकारी गराउन एमालेको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा भएको खर्च सदनलाई जानकारी गराउन माग गरेका छन् ।  

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद थापाले सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको भन्दै त्यसको विवरण आइरहेकोले सत्यतथ्य सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् । 

उनले भने, ‘राष्ट्रपतिको उपचारमा अढाइ करोड बढी खर्च भएको सामाजिक सञ्जालमा विवरण आइरहेका छन्, भएको के हो ? सरकारले संसदलाई जानकारी गराएको छैन । सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा जानुपर्ने यति समृद्ध र यति हैसियतवाला मुलुक नेपाल हो कि होइन ?’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई जोड गरेर भारत उपचार गर्न पठाएको भन्ने व्यहोराको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट जारी भएको भन्दै यसबारे स्पष्ट पार्न पनि माग गरे । 

Logo