जनयुद्धकालीन सहिदको परिवारलाई माओवादीले बनाइदियो घर, गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गरे साँचो

जनयुद्धकालीन सहिदको परिवारलाई माओवादीले बनाइदियो घर, गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गरे साँचो

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र सर्लाहीले जिल्लाका एकजना जनयुद्धकालीन सहिदको परिवारका लागि घर बनाइदिएको छ। 

१० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद इन्द्र कोइरालाको परिवारका निम्ति दाताहरुबाट सहयोग संकलन गरेर माओवादी केन्द्र जिल्ला कमिटीले घर बनाइदिएको हो। 

बागमती नगरपालिका-१२ नयाँ बस्ती बथनियामा निर्मित घर शनिबार साँझ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहिद कोइरालाको परिवारलाई हस्तान्तरण गरेका छन्। 

एक समारोहबीच गृहमन्त्री श्रेष्ठले सहिद इन्द्र कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई घरको साँचो हस्तान्तरण गरेका हुन्। 

Logo