नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी काठमाडौं महानगरपालिकाको नभएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित मजदुर विदसको कार्यक्रममा अध्यक्ष ओलीले सिंहरदरबारभित्रको फोहोर उठाउने ठेक्का शहरी विकास मन्त्रालयले अर्कैलाई दिएको र त्यहाँको फोहोर उठाउने जिम्मा महानगरको नभइ त्यही ठेकेदार कम्पनीको रहने बताएका हुन् ।
उनले भने, ‘शहरी विकास मन्त्रालयले सिहंदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ, महानगरले उठाउन्नं भन्यो । त्यसले उठाउने नै होइन भन्न सरकार सक्दैन? जसले उठाउने नै होइन,उसले त्यहाँको फोहोर उठाउँदिनं किन भन्छ ? जसले उठाइरहेकै छैन उसले किन उठाउँदिनँ भन्छ, सरकार किन भन्दैन उसले उठाउने होइन भनेर?’
अध्यक्ष ओलीले महानगरलाई मात्र दोष दिएर फोहोर थुपार्दै रोग फैलाउन नपाइने बताए । फोहोरको नाममा अनेक प्रकारका षड्यन्त्र भएको पनि उनको जिकिर छ ।
यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहको निर्देशनपछि झण्डै २ हप्तासम्म सिंहदरबारको फोहोर उठ्न छोडेको थियो । पछि सर्वोच्च अदालतको आदेशपछि सो फोहोर उठेको थियो ।
प्रतिक्रिया