नेपाल वार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कानून व्यवसायीहरु लागिपरेको बताएका छन् ।
प्रधानन्याधीश नियुक्तिको माग गर्दै जारी आन्दोलन अन्तर्गत बुधवार वार एशोसिएसनको प्राङ्गणमा आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले नेपालका जिम्मेवार निकायहरु आफनो भुमिकाबाट भागिरहेको भन्दै न्यायपालिकाको रक्षा गर्न सवै लाग्नु पर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘नेपालका जिम्मेवार निकायहरु आफनो भुमिकाबाट भागिरहेका छौँ । स्वतन्त्र न्यायपालिकालाई चारैतिरबाट प्रहार गरिएको छ । हामी सवै मिलेर न्यायपालिकाको रक्षा गर्न जरुरी छ ।’
अध्यक्ष घिमिरेले नेपालको न्यायपालिका प्रमुखविहीन रहेकोप्रति सरकार ,संसद र न्यायपालिका बेखबर रहेको भन्दै नेपाली जनता न्याय नपाएर रुँदै हिड्नु पर्ने अवस्था सृजना भएको बताए । उनले नेपाल बार एशोसिएसनमा भिन्न विचार भएका विचारसंग समाहित भएका सम्पूर्ण कानून व्यवसायीको साझा थलो भएको बताए ।
त्यस्तै, नेपाल बार एशोसिएसनका निर्वतमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेतृत्वको अभावमा न्यायपालिकाले काम गर्न नपाएको बताए । उनले नेपाल वार एशोसिएसनले न्याय पालिकाको नेतृत्व प्राप्तिको लागि आन्दोलन गरेको बताए । उनले भने, ‘यो आन्दोलन वाध्यता हो । हामीले चाहेको होइन । हामी सेवाग्राहीलाई दुःख दिन चाहेका छैनौ ।’
लोकतन्त्रमा न्यायपालिकाविहीन लोकतन्त्र हुन नसक्ने उनको भनाइ छ ।





























प्रतिक्रिया