महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गर्न बन्द गर्नुपर्छ -मन्त्री शर्मा

महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गर्न बन्द गर्नुपर्छ -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधनको रुपमा प्रयोग गरिएकोप्रति आपत्ति जनाएकी छिन् । 

काठमाडौंमा आयोजित, विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा मन्त्री शर्माले महिलाहरुलाई सुन्दर भएकै आधारमा विज्ञापनको साधनको रुपमा प्रयोग गर्ने गरिएको भन्दै सो कार्यलाई छिटोभन्दा छिटो बन्द गर्नुपर्ने बताएकी हुन् । 

उनले भनिन्, ‘महिलाहरुलाई विज्ञापनको साधानको रुपमा जसरी प्रयोग गरिरहेको छ, त्यस्तो गर्न हुदैँन । सुन्दर हुँदैमा विज्ञापनको साधान हुनुपर्ने भन्ने हुँदैन । यसलाई रोक्नुपर्छ । लैङ्गिक समानता र चेतना दिने विषयमा विज्ञापन बोर्ड नियामक निकाय हो, यसले निरन्तर रुपमा चेतना दिएको छ ।’ 

लैङ्गिक समानता बारे चेतना दिने विषयमा विज्ञापन बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएकी मन्त्री शर्माले नेपाली समाजमा रहेको लैङ्गिक असमानता, वेदभावलाई हटाउन चेतनामूलक विज्ञापनको आवश्यकता औंल्याइन् । वर्तमान समयमा मानिसको चेतना विकास भएपनि व्यवहार पूर्ण रुपमा परिवर्तन हुन नसकेको नसकेको उनको भनाई छ । 

उनले विज्ञापन बोर्ड, चलचित्र बोर्ड जस्ता संस्थाहरु समाज परिवर्तनको लागि काम गर्ने संस्था भएकाले यी संस्थालाई व्यवस्थित गर्न आवश्यक भएको बताइन् । 

Skip This
Skip This
Logo